जेठ १९ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ जेष्ठ २०८०, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

श्री शाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ १९ गते शुक्रबार, तद्अनुसार सन् २०२३ जुन २ तारिख ज्येष्ठ शुक्ल पक्षको त्रयोदशी तिथि स्वाती नक्षत्र ५:४० पर विशाखा नक्षत्र परिघ योग गर करण आनन्दादिमा गद योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ५:१० मा भयो र सूर्यास्त सांझ १८:५४ बजे हुनेछ । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विशिष्टजनको आशीर्वादले रोकिएको काम बन्न सक्छ ।सहयोगीहरूले साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्नेछ । आर्थिक लाभ प्राप्त होला । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । इर्ष्यालुजनले काममा अवरोध दिने प्रयास गर्न सक्छन्, तर जित तपाईंकै होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम सम्पादन हुने दिन छ । धार्मिक कार्यमा मन जाला । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । सवारी साधन प्रयोग गर्दा तपाईंको सचेतनाका कारण जोखिमबाट मुक्त रहनुहनेछ । कसैसंग सामान्य झगडा वा विवाद हुन सक्ने योग छ, सावधानीका साथ व्यवहार गर्नुहोला । आरोग्य वृद्धि हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । आशा उत्साह थपिनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रेमभाव बढ्ने तथा रसरागमा आकर्षण बढ्ने समय छ । सुख वृद्धि होला । कतै लामो यात्रा गर्नु छ भने आजको दिन शुभकारी छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले अन्ततः परास्त हुनुपर्ला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । वरिष्ठ व्यक्तित्व अथवा मान्यजनसँग सुमधुर सम्बन्ध रहने छ । आर्थिक पक्ष सबल हुनाले बन्दव्यापारबाट फाइदा हुनेछ । कपडा वा धातुको कुनै बस्तु खरिद गर्दा चाहिँ राम्ररी मोलतोल गर्नु हितकर होला । कार्यबोझ वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्ने योग छ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रेमबल बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रयासरत काममा सफलता प्राप्त हुने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल होला । स्वास्थ्यमा भने सामान्य समस्या देखापर्ने देखिन्छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु हितकर हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही महत्वपूर्ण काम बन्नेछन् । आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन कार्यबोझ वृद्धि भएको अनुभूति होला । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । तथापि, मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । सवल स्वास्थ्यका लागि आज खानपानमा नियन्त्रण गर्नु हितकर होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयबल बढ्नेछ । रोकिएको काम बन्नेछ । पारिवारिक सहयोग प्राप्त होला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जन पूर्ण समय रहेको छ, तर कामधन्दाको चापका कारण दाम्पत्यजीवन तथा प्रेमी वा प्रेमिकासँगसामान्य चिसोपन देखिन सक्छ । साझेदारीको काम बन्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्ति हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल बढ्नेछ । तर, आजको दिन बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । उल्लासपूर्ण समय रहला । मिठो भोजन प्राप्त हुनेछ । भ्रमण वृद्धि हुनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पारिवारिक वातावरण तपाईंको अनुकूल नभएजस्तो लागे पनि पराक्रम र उत्साह बढ्नेछ । स्वास्थ्य सबल रहनेछ र, काममा पनि फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । भाग्यबल बढ्नेछ । प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बौद्धिक प्रतिस्पर्धामा विजयी भइने दिन छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array