आजको मौसम: पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ जेष्ठ २०८०, शनिबार
0 Min Read
Aa

काठमाडौँ – पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाइको छ ।

आज गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्