आज ३०औं मदन-आश्रित स्मृति दिवस मनाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं –  नेकपा एमालेले आज मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस मनाउँदैछ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।

हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरि मदन-आश्रित स्मृति दिवस मनाउँदै आएको छ। जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा भने बाँच्न सफल भएका थिए।

- Advertisement -
Ad imageAd image

यसैबीच नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पनि आज मदनआश्रित स्मृति दिवस मनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो।

मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्