तिलक सिंह पेलाकाे स्वर तथा संगीतमा नयाँ गीत आउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौँ – गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक हुने भएको छ । उनले आफ्नै युट्युव च्यानलमार्फत ‘हेर दिन ढल्यो’ को पोष्टकार सार्वजनिक गरेका हुन ।

कृष्णसिहं पेलाको शब्द रचनामा रहेको ‘हेर दिन ढल्यो’ बोलको गीतमा पेलाले स्वर दिनुका साथै सङ्गीत भरेका छन्।
उक्त गीतको एरेन्ज रिदम कँडेल र रेकर्डिङ्ग राजिया गुरुङ्गले गरेका हुन्।

- Advertisement -
Ad imageAd image

उक्त गीतको मिक्सिङ्ग महेश्वरमान राजभण्डारी, सारङ्गी धर्म गन्धर्व, तबला कुमार महर्जन र बाँसुरी नगेन्द्र बिक्रम राईले गरेका छन्।

‘के लत बस्याे’ बोलको गजलबाट  पेलाले सबैकाे मन जित्न सफल भएका थिए।

बैतडीका पेला २०५३ सालमा ‘आँसु–१’ र २०५४ सालमा ‘आँसु–२’ आधुनिक गीति एल्वम बजारमा ल्याएर चर्चामा आएका थिए।

त्यसपछि गायन छोडर शास्त्रीय संगीतको साधनामा लागेका पेलाले २३ वर्षपछि ‘निर्जन निराकार’ गिति एल्वम ल्याएका थिए।

हाल पेला काठमाडौंको वनस्थलीमा श्री कृष्ण गुरुकुल संङ्गीत पाठशाला स्थापना गरेर सङ्गीत सिकाइरहेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्