बारा २ उपनिर्वाचनः सर्वदलीय बैठकसकिए पछि मतगणना सुरु हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं–
कलैया–बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सर्वदलीय बैठकपछि सोमबार बिहानबाट हुने भएको छ । गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि आज बिहानबाट मतगणना हुने निवार्चन आयोगले जानकारी दिएको छ । सम्भवत बिहान ९ वा १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भैरहको छ।
मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो।
महागढी र पचरौता नगरपालिका, करैयामाई, सुवर्ण र देवताल गाउँपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

Array