आज उपनिर्वाचनः चितवन, तनहुँ र बारामा मतदान हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८०, आईतवार
4 Min Read
Aa

काठमाडौं–
चितवन–२, तनहुँ–१ र बारा–२ मा प्रतिनिधिसभातर्फ रिक्त रहेको क्षेत्रमा आज उपनिर्वाचन हुँदै छ । आज उपनिर्वाचन हुन लागेको हो । गत संसदीय निर्वाचनमा चितवनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतले फैसला गरेपछि उनको पद गएको थियो । यस्तै, तनहुँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र र बाराबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले तीनै क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ ।
चितवन, तनहुँ र बारामा उपनिर्वाचनको मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन आयोगले विशेष निर्देशन दिएको हो ।
काठमाडौं । निर्वाचन आयोगले मतदान कार्यलाई सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन विशेष निर्देशन दिएको छ ।

चितवन, तनहुँ र बारामा उपनिर्वाचनको मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन आयोगले विशेष निर्देशन दिएको हो ।

आयोगको निर्देशन

१. मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गर्ने ।

२. निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्नेरगराउने ।
३. अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्री आदि जस्ता मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाउने ।

४. मतदान अधिकृतले दृष्टिबिहीन वा शारीरिकरूपले पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैँ मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्ता आफै मत संकेत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिई मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्ने उपयुक्त व्यवस्था मिलाउने ।

५. दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मत संकेत गर्न सहयोग मागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने कार्यमा सहयोग गर्ने ।

६. बुँदा नं। ४ र ५ मा उल्लेख भएदेखि बाहेक कुनै मतदाताले कुनै कारण देखाई सहयोगीसहित मतदान कक्षमा जान चाहेमा पूर्णरुपमा निधेष गर्ने ।

७. कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकारबिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत संकेत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, मत संकेत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्र बाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन ९कसूर तथा सजाय० ऐन, २०७३ बमोजिम कारबाही गर्ने ।

८. निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिने र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद ९सुनुवाई र निरुपण० सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी मतदान कार्यलाई सुचारु गर्ने ।
९. मतदान केन्द्रमा मतदान प्रारम्भ भएको र प्रत्येक दुई घन्टामा मतदाताको कूल संख्या, खसेको मत, तथा मतदानसम्बन्धी अन्य विवरण छिटो माध्यमबाट निर्वाचन अधिकृत तथा आयोगलाई जानकारी गराउने ।

१०. मतदान प्रारम्भ भई सम्पन्न नभएसम्म कुनै पनि किसिमको अवाञ्छित क्रियाकलाप वा असामान्य परिस्थिति सृर्जना भएमा तत्काल निर्वाचन अधिकृत, सुरक्षा संयन्त्र र आयोगमा जानकारी गराई मतदान कार्य सुचारु गर्न आवश्यक वातावरण मिलाउने ।

प्रतिक्रिया दिनुहोस्

Array