स्मार्ट सिटीको कित्ताकाटमा भ्रष्टाचार: नापी कार्यालयका अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– आर्थिक प्रभावमा जग्गाको नक्सा परिर्वतन गरेको अभियोगमा चाबहिल नापी कार्यालयका तत्कालीन प्रमुख दुर्गा दाश महर्जनसहित आठजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । कागेश्वरी मनहरा नगरपालिका साविक गोठाटार र साविक मुलपानी गाविस का जग्गाहरु आफ्नो संरक्षणमा रहेका नक्साहरु परिर्वन गरेको पाइएको भन्दै मुद्दा दर्ता गरेको हो।

काठमाडौँ विकास प्राधिकरणको सहमति विना स्मार्ट सिटी अन्तर्गत परेको जग्गालाई आफूखुशी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको, अनाधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने जस्ता कार्य भएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जानकारी दिएको छ।

- Advertisement -
Ad image

आयोगका अनुसार तत्कालीन प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्वेक्षक रामनारायण यादवले मुलपानी १ को किनं ७०८, ७०९, ६६६ र ८१३ को जग्गामा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरेका हुन् ।

त्यस्तै मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवरले नापी कार्यालयबाट लिखतहरु पठाएकोमा क्षेत्रफल बढ कायम गरी पठाउँदा समेत फिल्डमा चेकजाँच नगरी नापी कार्यालयबाट तयार पारिएको परिवर्तित नक्सालाई पूर्णता दिने कार्य गरेको दाबी छ।

त्यस्तै झापा, कमल गाउँपालिका–२ का योगेन्द्र आचार्य, कागेश्वरी ९ का सिताराम अधिकारी र महानगरपालिका ९ का नविन दाहालले सरकारी जग्गाको कित्ताकाट गर्न सहयोग गरेको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा दायर परेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्