प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सीमासम्बन्धी समस्या प्राथमिकतामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं– बिहीबार वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासा अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छन् । उनले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहे पनि मिति भने तोकि नसकिएको जानकारी दिएकि छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषयहरु मन्त्रालयहरुले प्राथमिकताका आधारमा सुझाव दिने समेत बताएकि छन् । प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका विषयहरुलाई विषेश प्राथमिकतामा दिइने समेत बताइन् ।
मिति तयारी गरिसकेपछि भ्रमणको तयारीको बारेमा मन्त्रालयले प्राथमिकताका आधारमा योजना बनाउने पनि बताइन् । के कस्ता योजना समावेश गर्ने भन्नेकुरा क्याबिनेटबाट नै स्वीकृत हुने हुँदा अहिले मिति तोकि सकिएको छैन ।
भारत सरकारसँग सम्बन्धित रहने योजना, जुन भारतसँग सहयोग लिनुपर्ने हुन्छ, तिनै योजना नै प्राथमिकतामा पर्ने हो। सीमासम्बन्धी समस्याका कुराहरु प्राथमिकतामा पर्नेछन्।’

प्रतिक्रिया दिनुहोस्

Array