आजको मौसम: पहाडी भू-भागमा वर्षाको संभावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa
mahusam

काठमाडौ–
मौसम हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ। हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आँशिक देखी सामान्यतया बदली रही देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू- भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ ।
राती देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ। मधेस र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array