एसीसी प्रिमियर कपमा मलेसियासँग नेपाल बिजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ –

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आजको खेलमा जित निकालेको छ । आज मङ्गलवार भएको पहिलो खेलमा लाई ६ विकेटले हरायो । मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि भीम सार्कीले ७१, कुशल मल्लले नटआउट ७०, कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । बलिङतर्फ रिजवान हैदर,  विरनदीप सिंह मुहम्मद वकिफ र  विजय उनीले १/१ विकेट लिए ।

- Advertisement -
Ad image

कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर संगैब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । मलेसियाका कप्तान अहमद फैजले ७६ र विरनदीप सिंहले ४६ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान ३/३ विकेट लिए । त्यस्तै ललित राजवंशीले २ र गुलसन झाले १ विकेट लिए । नेपालले  अब दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्