काठमाडौं– आजदेखि सुरु हुने एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेल नेपाल र मलेसिया बिच हुने भएको छ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने छ । सो खेलको समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन भनने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन ।
पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ । मुलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल वैशाख ११ गते खेल्ने नेपाल अन्तिम खेल वैशाख १४ गते कतारसँग भिडनेछ । यो प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। पहिलो पटक मुलपानीस्थित खेल मैदानमा पनि प्रतियोगिता हुनेछ । नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ ।
उक्त खेलको सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुने छ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।
आजबाट एसिसी प्रिमियर कप, पहिलो खेल नेपाल र मलेसियाले खेल्ने

प्रतिक्रिया दिनुहोस्