आजको मौसमः आज कुन–कुन ठाउँमा पानी पर्छ ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं– हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रहेको छ ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ । देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी पहाडी भु–भागका एक–दुई स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस्

Array