आईसीसी विश्वकप लिग-२: आज नेपाल र युएई खेल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले यूएईसँग खेल्दैछ।

लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईको सामना गर्न लागेको हो। खेल कीर्तिपुरस्थित टियु मैदानमा आइतबार बिहान ९ बजे सुरु हुनेछ।

- Advertisement -
Ad imageAd image
त्रिकोणात्मक सिरिज अन्तर्ग पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजींलाई पराजित गरेको नेपाल आज जितको लक्ष्यसहित मैदानमा उत्रिने छ।

विश्वकप लिग-२ को शीर्ष तीन टिममा रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपालले जित्नै पर्ने दबाब छ। बाँकी तीन खेलमा विजयी भए मात्र नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउने छ। नेपाल एक खेल अगाबै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्न चाहन्छ। त्यसका लागि आजको जित आवश्यक हुन्छ।

सात खेल सहभागी लिग-२ मा नेपालले ३६ खेल खेल्न पाउने छ। ३३ खेल खेलिसकेको नेपालले १६ जित र १५ मा हार खाएको छ। नेपालले ३४ अंक जोडेको छ।

यूएई भने ३३ खेलमा १४ खेलमा जित तथा १६ खेलमा हार खाएर ३१ अंक जोड्न सफल छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्