राष्ट्रपति विजयीले आजै प्रमाणपत्र पाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले आजै विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने निर्णय गरेको छ ।

आयोगले आज राष्ट्रपति पदको उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेको थियो ।

मतगणनाका क्रममा स्वस्तिक छाप लगाएका मतपत्रलाई मात्र मान्यता दिने सहमति गरिएको छ । यस्तै, कोठाबाहिरको मतसंकेतलाई बदर मान्ने सहमति भएको छ ।

संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूको मत अलगअलग गणना गरिनेछ । मतगणना स्थलमा उम्मेदवारका तर्फबाट एक/एक जना मात्र प्रतिनिधि राख्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्