काँग्रेसले दलभन्दा बाहिरका व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्छ: शेखर कोइराला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले, काँग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।

सिन्धुली सदरमुकाम सिन्धुली माडीमा मङ्गलवार (आज) बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सो धारणा सार्वजनिक गरेका हुन् ।

सम्भावित राष्ट्रपतिको रूपमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैर दलीय व्यक्ति हुनुपर्ने बताएका हुन् ।

राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउँदै उनले त्यस्तो सम्भावना काँग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने समेत बताए ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी दर्ताको दिन नजिकिइरहेको बेला दलहरू उम्मेदवार चयनको रस्साकस्सीमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array