नेपाली चलचित्र फूलबारी आजबाट प्रदर्शनमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कथानक चलचित्र ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत चलचित्र ‘फूलबारी’ प्रदर्शनमा आएको हो ।

स्टारकास्ट रहेको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनसपम शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ फेमेली ड्रामा हो । यो चलचित्रमा दयाहाङ विपिनको भतिजको चरित्रमा छन् । विपीन अवकाशप्राप्त शिक्षकको भूमिकामा छन् ।

चलचित्रले क्यूएफएक्समा राम्रै शोज पाएको छ । क्यूएफएक्स चेनले आज देशभर यसलाई ३३ शोज उपलब्ध गराएको छ । ‘कबड्डी’ फेम्ड निर्देशक गुरुङको चलचित्रले शोज राम्रै पाए पनि बुकिङ भने उत्साहजनक देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array