काठमडौं–
आइसिसी विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको उच्च लक्ष्य दिएको छ । मंगलबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको जारी विश्वकप लिग–२ मा नेपालले कुनै पनि टिमबाट पाएको यो सर्वाधिक ठूलो लक्ष्य हो । यसअघि नामिबियाले नै नेपाललाई गत ७ डिसेम्बरमा भएको खेलमा २७५ रनको लक्ष्य दिएको थियो।
नामिबियाले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनाएको थियो। मिबियाका लागि माइकल भान लिंगेनले आफ्नो एकदिवसीय करिअरकै उच्च रन बनाउँदै शतकीय इनिङ खेलेका थिए।
उनले घरेलु टोली विरुद्ध १३३ रन बनाए। जुन जारी विश्वकप लिग २ मा कुनै पनि ब्याटरले प्रहार गरेको सर्वाधिक दोस्रो धेरै रन हो। विश्वकप लिग(२ मा सर्वाधिक रनको कीर्तिमान भने नामिबियाकै जिन पिएरेर कोटेजका नाममा रहेको छ। उनले युएसएविरुद्ध १३६ रन प्रहार गरेका थिए।
नामिबियाका लागि थप स्कोरका रूपमा कप्तान गेर्हाड एरासमुसले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा जने ग्रिनले ३४ रन बनाए। नेपालका लागि करण केसीले ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ विकेट लिएका थिए।


प्रतिक्रिया दिनुहोस्