राष्ट्रपति निर्वाचनपछि सरकार यथारुपमा अघि बढ्ने सम्भावना कम: प्रकाशमान सिंह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि यो सरकार यथारुपमा अघि बढ्ने सम्भावना कम रहेको आकलन गरेका छन् । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको शनिबार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले बताएका हुन् । संविधानको अक्षरस पालना गर्नुका साथै सबै तहका सरकारलाई अधिकार दिनुपर्ने पनि उनले बताए ।
सबैले मिलेर राष्ट्रनिर्माण गर्नुपर्ने उनले बताए । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भइसकेको छ। ‘नेपाली कांग्रेस सत्तामा जानै पर्छ भन्ने छैन। आएको जिम्मेवारी हामी बहन गर्छोँ।’ उनले भने ।

बहुदलीय व्यवस्था रहेको नेपालको शासन प्रणालीमा अरु राजनीतिक दलले सत्ता संचालन गर्दा संघीयता कार्यान्वयनमा चासो कम दिने र नेपाली कांग्रेसले उठाउदै आएको मुद्दालाई कमजोर पार्ने खेल मात्रै भएको सिंहले टिप्पणी गरे।

जनताको अभिमतबाट बनाईएको संविधान बचाउन र अक्षरश कार्यान्वयन गर्न निर्वाचनमा पनि गठबन्धन गरेर गएको स्मरण गराउँदै लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि निरन्तर लागि रहने बताए। मुलुकमा राजनीतिक स्थायित्वका लागि हिजोका दिनमा जसरी सबै दल एक ठाउँमा उभिएर अघि बढेको जस्तै अब देश विकासका लागि,नागरिकको जनवीविका उकास्नका लागि दलहरु केन्द्रित हुन आग्रह गरे।

यसैबीच, वर्तमान मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा धारणा राख्दै अहिलेको गठबन्धन दिगो रुपमा जान नसक्ने तर्क गरे।

प्रतिक्रिया दिनुहोस्

Array