नेपालमा केहि पनि हुँदैन भन्ने बुझाईलाई चिर्न आवश्क छ: राष्ट्रपति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले एकै प्रकारको कागजात सरहकारी निकायहरुमा भिन्न–भिन्न बुझाउनु पर्ने अवस्थाको अन्तय हुन आवश्यक रहेको बताएकी छन् । नेपालमा उद्योग व्यवसाय केहि पनि हुँदैन भन्ने युवा वर्गमा परेको धारण र भावना चिर्न सरकारले आवश्यक भएको पनि उनले बताइन । साथै कामको समान गर्नुपर्ने आवश्यक रहेको पनि उनले बताएकि छन् । आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको बताइन् । मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उनले बताइन् ।

अर्थतन्त्रको कतिपय समस्या उतारचणवपूर्ण विश्व अर्थतन्त्र, कोभिड महामारीका कारणबाट पनि सिर्जित भएको भन्दै राष्ट्रपति भण्डारीले अघि भनिन्, ‘यथापि यिनीलाई कारण देखाएर पन्छिने सुविधा हामीलाई छैन ।’ उनले अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक बाह्य कारणको समग्र अध्ययन गरेर सरकारको वृत्त नीतिमा संरचनागत सुधार गर्नुपर्ने आवश्यक औंल्याइन् ।
जति सक्दो सेवासुविधा जनतालाई स्थानीय तहबाट दिनुपर्ने र संघिय सरकारले विकास निर्माण र निति निमार्णमा जोड दिनु पर्ने पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

Array