संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन बाँकी नै रहेको र संविधानको पूर्ण कार्यान्वयनपछि मात्र समस्या र त्रुटि के छ भन्ने थाहा हुने भएकाले अहिले नै संविधान र राजनीतिक प्रणालीको समीक्षा गर्ने बेला नभएको बताए ।

नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधारका विषयमा गरेको अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतिकरण कार्यक्रममा अहिले नै समीक्षातिर लाग्दा राजनीतिक अस्थिरता आउन सक्ने प्रचण्डले बताए । ‘संविधानले भनेको कुरा पहिला लागू गर्नु पर्ने बताए । ‘कार्यन्वयनपछि आउने नतिजा हेरै अनि त्यसपछि समीक्षा गरौँला‘ संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन’ उनले भने ।

संघीयता बलियो बनाउन संघीय निजामती सेवा ऐन र अरु थुप्रै ऐन बनाउन आवश्यक रहेको भन्दै उनले पहिले ती काम सकेपछि मात्र समीक्षा गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्