‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको निर्वाचन आयोगमा निवेदन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको सांसद् पद खारेजीपछि आफूलाई ‘स्वतः विजयी’ घोषित गर्नुपर्ने माग राख्न उनका निकटतम प्रतिष्पर्धी उमेश श्रेष्ठको आइतबार निर्वाचन आयोगमा गएका छन् । सर्वोच्च अदातलले यही माघ १३ गते शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेको नागरिकता अवैध भएको फैसला गरेको थियो।
सर्वोच्चको फैसलापछि पद तथा जिम्मेवारीबाट अलग्गिएका लामिछानेसँग भारी मतले पराजित भएका श्रेष्ठ आयोगमा निवेदन दिएका छन् । चितवन (२ मा उपनिर्वाचनको चर्चा चलिरहे पनि यसको लागि समय लाग्ने भएकाले यतिबेला सो क्षेत्र सांसदविहीन बनेको छ ।
तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भएका श्रेष्ठ झण्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए ।
लामिछानेको पद खारेजीपछि दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग गर्दै उनले आज निर्वाचन आयोगमा निवेदन दिने तयारी थालेका हुन्। उनले दिउँसो २ बजे पत्रकार सम्मेलनसमेत आयोजना गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array