प्रधानमन्त्रीले राष्ट्रपतिको चुनावसम्म गृहसहित तीन मन्त्रालय आफैसँग राख्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठाण्डौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एम्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहसहित तीन मन्त्रालय राष्ट्रपतिको चुनावसम्म आफुले राख्ने बारे छलफल गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले गृह सहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय राष्ट्रपतिको चुनाव नहुँदासम्म राख्ने योजना बनाएको जानकारी दिएको छ । राष्ट्रपतिको अगामी फागुन २५ गते र उपराष्ट्रपतिको चैत ३ गते चुनाव गर्ने मिति तोकिएको छ । ‘गृह मन्त्रालयका विषयमा पार्टी भित्र र बाहिर अनेक खालका दबाब रहेको प्रधानमन्त्रीले बताउँदै आएका छन् । राष्ट्रिपतिको चुनाव नहुँदासम्म गृहमन्त्रालय कसैलाई नदिने पक्षमा रहेको पनि उनले बताएका छन् । राष्ट्रपतिको चुनावका विषयमा सहमति भइनसकेकाले तीन मन्त्रालय आफैसँग राखेमा डिल गर्न सहज हुने बुझाईमा छन् ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ भन्नेमा छन् । यो संसदलाई पाँँचै वर्ष चलाउन विवेक प्रयोग गर्न सक्ने र राष्ट्रिय व्यक्तित्व खोजी गरिएको छ । त्यसका लागि राष्ट्रिय सहमति कायम गर्न एमाले, कांग्रेससहित सबै दलको सहमत गराउनुपर्ने पनि प्रचण्डको धारण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array