राष्ट्रपतिको निर्वाचन फागुन २५ गते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– निर्वाचन आयोगले सोमबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि मिति टुङ्गो लगाएको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी गर्ने भएको छ । आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउने जानकारी दिएको छ ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँने छ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी मिति तोकेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Array