डोजर आतंक मच्चाएको भन्दै काठमाडौं महानगरविरुद्ध प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाविरुद्ध स्थानीयबासीले प्रदर्शन गरेका छन् । काठमाडौंबासीले आइतबार माइतीघर मण्डलामा भेला भएर महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

‘डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास गर्न पाइँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर,’ जस्ता नारा लेखेको प्लेकार्ड बोकेर काठमाडौंवासी प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिएर पराजित भएका सुमन सायमी पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: