डोजर आतंक मच्चाएको भन्दै काठमाडौं महानगरविरुद्ध प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाविरुद्ध स्थानीयबासीले प्रदर्शन गरेका छन् । काठमाडौंबासीले आइतबार माइतीघर मण्डलामा भेला भएर महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

- Advertisement -
Ad image
‘डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास गर्न पाइँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर,’ जस्ता नारा लेखेको प्लेकार्ड बोकेर काठमाडौंवासी प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिएर पराजित भएका सुमन सायमी पनि सहभागी छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: