राष्ट्रपति र प्रधानमन्त्रीद्वारा वसन्त श्रवण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीवार वसन्त श्रवण गरेका छन।

राष्ट्रपति भण्डारीले सरस्वती पूजाको अवसरमा सो उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै गर्दै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुग्नुभएकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गर्नुभयो । राष्ट्रपति भण्डारीले पनि वसन्त श्रवणको अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेकी छन ।

वसन्त श्रवण समारोहमा राष्ट्रपति र प्रधानमनत्रीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको उपस्थिति रहेको थियो ।

वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ । वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ । वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु शुरुवात भएको मानिन्छ भने यस दिनबाट नै संसारको स्वरुपले नै नयाँ रुप लिने विश्वास रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array