काठमाडौं– नयाँबानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गर्दै पेट्रोल खन्याएर आगो लगाएर गम्भीर घाइते भएका प्रेमप्रसाद आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की कीर्तिपुरस्थित बर्न अस्पतालमा क्यामेराको भिडसहित उपस्थित भएकि छन् । गम्भीर घाइते आचार्यलाई उपचारका लागि राखिएको अस्पतालको संवेदनिशल कोठा आइसियुमा क्यामराको भिड पनिसँगै लिएर गएकि थिएन।
तोसिमा क्यामराम्यानहरुको भिड लिएर अस्पतालमा गम्भीर अवस्थामा रहेका जलेका बिरामी भेट्न गएको दृश्य सार्वजनिक भएसँगै उनी आफै चिकित्सक भएका नाताले पनि त्यस्तो व्यवहार गर्न नहुने भन्दै तीव्र आलोचना भएको छ ।
चिकित्सा पेसा छाडेर उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुरमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेर जितेपछि स्वास्थय मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भइन् । तर संवेदनिशल विषयमा पनि चर्चाको मोह गरेको भन्दै सामाजिक सञ्जालमा तिब्र आलोचना भएको छ । अस्पतालको भित्री कक्ष जहाँ जलेर गम्भीर अवस्थामा पुगेका व्यक्तिको उपचार भइरहेको छ त्यस्तो संवेदनशील क्षेत्रमा भिडभाड हुन दिइदैन । अझ उनी स्वयंम चिकित्सक समेत हुँदा पनि प्रचारको मोहले न्युनतम मानवीय संवेदनशिलता समेत भुलिन।
अधिकांश सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले आफैँ चिकित्सक समेत रहेकी तोसिमाको यो व्यवहार गर्छिन भन्ने नसोचेको भन्दै स्टन्ट बन्द गरेर काममा केन्द्रित हुन आग्रह गरेका छन् ।
चर्चाको मोह: आइसियुमा बिरामी भेट्न जाँदा स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की क्यामेराको भिडसहित उपस्थित

प्रतिक्रिया दिनुहोस्