काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफ्नो पार्टीकी सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा प्रस्ताव गरेकी छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताइन् ।
सांसद राना मगरले कारागारमा हुने बाबुआमाको बालबालिकाको पालन पोषण र शिक्षादीक्षामा काग गरेको भन्दै गौतमले भनिन्, ‘उहाँले समस्या औँल्याएर मात्र बस्नुभएन । समाधान खोज्न उहाँ सडकमा आउनुभयो ।’
सांसद राना मगरले पदको उपसभामुख पदको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्न सक्ने पनि उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस्