न्युजिल्याण्डकी प्रधानमन्त्री‍को‍ स्वैच्छिक रुपमा राजीनामा दिने घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
न्युजिल्याण्डकी लोकप्रिय प्रधानमन्त्री जसिन्डा आर्डर्न प्रधानमन्त्री‍ पदको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले आफूलाई यस जिम्मेवारीका कारण मानसिक तनाव भएको‍ बताउँदै आगामी फेब्रुअरी ७ मा स्वैच्छिक रुपमा राजीनामा दिने घोषणा गरेकी हुन् ।
उनले आज एक कार्यक्रममा सम्बोधन गर्दै फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गरेकी हुन् । उनको कार्यकाल अब सकिँदै छ । अर्को निर्वाचनमार्फत पुनःप्रधानमन्त्री बन्ने मौका भएपनि उनले त्यसो नगर्ने भएकी हुन् ।
‘पदमा रहेर विगत ६ वर्षदेखि सबै ठूला चुनौति झेलिरहँदा मैले मेरो लागि पनि समय छुट्याएँ। म पनि मानिस हुँ । राजनीतिकर्मी पनि मानिस हुन् । राजीनामाको घोषणाका क्रममा उनले भनेकी छन्,’ त्यसैले मैले घोषणा गर्छु, प्रधानमन्त्रीका लागि म पुनः चुनावमा आउदिनँ। मेरो कार्यकाल फेब्रुअरी ७ सम्म मात्र हो । ‘
साथै, उनले उनीसँग अब के गर्ने भन्ने व्यावसायिक रूपमा कुनै योजना छैन नभएको समेत प्रस्ट पारेकी छन् । न्युजिल्याण्डमा आम निर्वाचन आगामी अक्टोबर १४ मा हुँदैछ । सोही निर्वाचनबाट जितेर आएको प्रतिनिधि अबको त्यहाँको नयाँ प्रधानमन्त्री बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array