राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको विषय टुंगिसक्यो: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पुस १० गते नै टुंगिसकेको एमाले अध्यक्ष खड्क प्रसाद (केपी) शर्मा ओलीले बताए । कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनमा मिलेर जानुपर्ने धारणा राखेका थिए । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख तटस्थ पद भएकाले सत्ता र प्रतिपक्षी सबै मिलेर संविधान र अर्थतन्त्र जोगाउनु पर्ने बताएका थिए । पौडेलको धारणको प्रतिवादमा ओलीले माथि उल्लेख गरेका पदको बाडफाडमा टुङ्गो लागिसकेको बताएका हुन् ।
साथै उनले लोकतन्त्रको आधारभूत मूल्य र मान्यताअनुसार कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि प्रतिपक्षको हैसियत गुमाउन पुगेको बताएका छन् । यस्तै काङ्ग्रेसका नेता रमेश लेखकले ‘हामी प्रमुख प्रतिपक्ष नै हौ , हाम्रो सभापति विपक्षी दलको नेता नै हो भन्ने धारणा राख्नुभयो ।’ बैठकमा कांग्रेस नेता लेखकले सहमतिका लागि सत्तापक्ष प्रस्ताव के हो ? भन्दै स्पष्ट पार्न भनेका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचणडले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिँदै सरकारले पाएको दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारीभित्र पर्ने बताएका थिए ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्