राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीको नाम टुंग्यायो, डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ। मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको हो।

रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ।

- Advertisement -
Ad imageAd image
सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा टुङ्गिएपछि मंगलबार बिहान पार्टी सभापति रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन्।​ उपप्रधानसहित गृहमन्त्रीको रूपमा लामिछाने यसअघि नै सरकारमा सामेल भइसकेका छन्।

शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौँ-६ बाट निर्वाचित सांसद हुन्। अर्याल भने समानुपातिक सांसद हुन्। स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर-३ बाट निर्वाचित सांसद हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्