८ सांसद बराबर एक मन्त्रालय भागवण्डा, मन्त्रालय टुंगो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डाको खाका बनेको छ ।

 प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता भए लगतै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।  एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् । साँझ बस्ने बैठकले मन्त्रालय टुंगो लगाउने  बताउँछन् ।

एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री लिनेछ । हाल उपप्रधानमन्त्री रहेका विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हालिसकेका छन् । तर अरु मन्त्रालयको भागवण्डा नटुंगिएका कारण ११ पुसमा शपथ लिएका एमालेका तीन मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् ।
सरकारको नेतृत्व गरेको माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउनेछ ।

माओवादीबाट उपप्रधानमन्त्री भएका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । अरु मन्त्रालय टुंगिएको छैन ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जम्मा ३ वटा मन्त्रालय पाउने भएको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने अब थप दुई जना मन्त्री हुनेछन् ।रास्वपाले स्वास्थ्य तथा जनसंख्या पाउने पक्का भइसकेको छ । अर्को मन्त्रालय युवा तथा खेलकुद पाउने सम्भावना छ । यसमा माओवादी केन्द्रको पनि दाबी रहेकाले अन्तिम निर्णय नभएको स्रोतको दाबी छ ।

राप्रपाले उर्जासहित २ र जनता समाजवादी पार्टी (जसपा) ले सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ । जसमा एक मन्त्रालय पाउने भएको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो ।
जनमत र नागरिक उन्मुक्ति एक÷एक मन्त्रालय छुट्याइएको छ । राप्रपाले उर्जासहित २ र जनता समाजवादी पार्टी ९जसपा० ले सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array