विमान दुर्घटनाका कारण आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–
पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारण आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । आइतबार बिहान काठमाडौँबाट पोखरा जाँदै गरेको विमान पोखरा महानगरपालिकास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा विमानमा सवार ७२ जनामध्ये ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने अन्य बेपत्ता छन् ।
भयानक विमान दुर्घटनापछि सरकारको सम्पूर्ण ध्यान उद्धारतर्फ केन्द्रित रहँदा आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता साझेदार दलका नेताहरुबीच अब थप छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गरिने स्रोतका भनाइ छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array