विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री जिष्णु पौडेलले बताए।

कारण पहिचान गरेर र आगामी दिनमा यस्ता दुर्घटना नदोहोरिने गरी आवश्यक सुझाव सहितको प्रतिवेदन दिन आयोगलाई ४५ दिनको समय तोकिएको छ । आयोगको सदस्यहरूमा नेपाली सेनाबाट अवकाश प्राप्त उपरथी दीपक प्रसाद बास्तोला र हवाई इन्जिनियर सुनिल थापा सहित ५ जना छन् । आयोगको सदस्य सचिवमा संस्कृति मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array