दुर्घटनाको वस्तुस्थित बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्रमा प्रधानमन्त्री

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थित बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा आफैं गएको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर९७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array