नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
वामपन्थी वैचारिक नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार नेता भुसाल समाजवादीमा प्रवेश गरेका हुन् । भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् ।
राजधानीमा आयोजित भुसालको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यसअघि नेकपा एमालेका नेता समेत रहेका भुसाल सो पार्टी परित्याग गरी रुपन्देही (१ बाट ९स्वतन्त्र० निर्वाचन लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array