अब सुशासन दिंदै भ्रष्टाचार नियन्त्रणमा कठोर हुनुछ : प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री प्रचण्डले अहिलेको सफलतालाई कम आँक्न नहुने बताएका छन् । योङ कम्युनिस्ट लिग (वाइसिएल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले धेरै खालका घेरा र प्रतिरोध तोडेर सफलता मिलेको बताए ।

‘यतिबेला सरकार र पार्टी नेतृत्वलाई धेरै मद्दत चाहिएको छ । हामी प्रक्रियावादीका धेरै घेराबन्दीलाई चिरेर यहाँसम्म आइपुगेका हौं । यहाँ सजिलै आएको होइन’ प्रचण्डले भने, ‘हिजो घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउँथ्यौ । अहिले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रियाबाट यो सफलता पाएको हो ।

यो सफलता पार्टी, कार्यकता नेपाली जनता र हामीलाई सफलता मिलेको छ । यसलाई हामीले कम आँक्न हुँदैन ।’ युवाहरुको मागलाई सम्बोधन हुने गरी आफूले काम गर्ने प्रचण्डले बताए । अहिलेको सरकार सफल हुने कुरा इतिहासका लागि समेत लागि अविस्मरणीय हुने प्रचण्डको भनाई छ ।

उनले अहिलेको अवसरलाई सदुपयोग गर्नुपर्ने पनि बताए । ‘अब हामीले सुशासन दिएर भ्रष्टाचार नियन्त्रणका लागि कठोर हुनुछ’, उनले भने, ‘हामीले आर्थिक समृद्धिको यात्राको कल्पना गरेका छौँ । समाजवादतिरको यात्राको आरम्भको बिन्दु यही हुन सक्छ । यतिबेला सरकार र पार्टीलाई सहयोग चाहिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

Array