पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मङ्गलवार पन्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ। यो घटना हुँदा सनाउल्लाह कारमा बसिरहेका थिए ।

जियो न्युजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेको हो। त्यसबेला राणा सनाउल्लाह पन्जाब विधानसभाबाट बाहिरिँदै थिए।

- Advertisement -
Ad imageAd image

यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केहीबेर रोकेका थिए।

यसअघि मङ्गलवार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पन्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो। पन्जाबमा पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) को सरकार छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्