प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन सांसदलाई ओलीको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासका मत लिने दिन अनिवार्य उपस्थित हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

सोमबार बानेश्वरस्थित संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफ्ना सांसद्हरूलाई उक्त निर्देशन दिएका हुन् ।

संसद् बैठक सुरु हुनुअघि संसद् भवनमै एमालेको संसदीय दलको बैठक बसेको थियो । प्रधानमन्त्री प्रचण्डले मंगलबार (भोली) संसद्मा विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

Array