सभामुखको निर्वाचन माघ ७ गते भित्र गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – शुक्रबार (आज)बसेको सर्वदलीय बैठकले आगामी माघ ७ गते भित्रमा प्रतिनिधिसभाको सभामुखको निर्वाचन गरिसक्ने सहमति जुटाएको छ।

ज्येष्ठ सदस्य तथा सभामुख पशुपति शमशेर जबराको अध्यक्षतामा नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको हो ।

- Advertisement -
Ad imageAd image

संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ। सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको काँग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

त्यस्तै, सभामुख निर्वाचित भएलगत्तै ९ गतेभित्र उपसभामुखको उपनिर्वाचन गरिने बताइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्