सर्वदलीय बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न आज सर्वदलीय बैठक बोलाएका छन् ।

दिउँसो १ बजे बस्ने सर्वदलीय बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ ।

बैठकमा सभामुखको निर्वाचन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायत विषयमा छलफल गरिने बताइएको छ ।

निर्वाचन भएर गठन भएको नयाँ संसद्मा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ । त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुनेछ । गएको निर्वाचनपछि संसद्को पहिलो बैठक यही पुस २५ गते बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

Array