महानगरद्वारा थापाथलीको सुकुम्वासी बस्ती हटाउन गृहसँग सहयोग माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायको सहयोग मागेको छ । बुधबार महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र लेख्दै आवश्यक सहयोगका लागि आग्रह गरेका हुन् ।

“थापाथलीस्थित वाग्मती नदी किनारमा अनाधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक–पटक प्रयास भएको व्यहोरा विदितै छ । यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ,” उक्त पत्रमा उल्लेख छ ।

- Advertisement -
Ad image
यसअघि, सो बस्ती हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले महानगरलाई अनुरोध गरेको थियो । त्यसपछि महानगरले बस्तीमा डोजर चलाउने प्रयास गर्दा सुकुम्बासीले ढुंगामुढा गरेका थिए ।

नगर प्रहरीमाथि आक्रमण गरिँदा एसपी राजुनाथ पाण्डेसहित ३६ नगर प्रहरी घाइते भएका थिए । सो समयमा सुरक्षा निकायको सहयोग नपाएकाले हटाउन नसकेको महानगरले गुनासो गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्