सत्ता गठबन्धनको बैठकमा २/२ वर्ष सरकारको नेतृत्व गर्नेमा छलफल केन्द्रित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–
प्रधानमन्त्रीमा सहमति जुटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा सता गठबन्धन दलका शिर्ष नेताहरु छलफलमा जुटेका छन् । उक्त छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि बालुवाटार पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार साँझ ५ बजे सकिँदैछ । तर, गठबन्धनमा माओवादी केन्द्र र कांग्रेस दुबैले प्रधानमन्त्रीमा दाबी नछाड्दा सहमति जुट्न सकस भएको छ ।
यसअघि शनिवार साँझ पनि गठबन्धनका नेताहरुबीच प्रधानमन्त्रीबारे छलफल भएको थियो। उक्त छलफलमा प्रचण्ड र देउवाबीच को प्रधानमन्त्री बन्ने भन्नेबारेमा सहमति हुन नसकेपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो।
देउवा र प्रचण्डले छुट्टै छलफल गरे पनि सहमति जुटिसकेको छैन ।

सहमति जुटुन नसकेपछि कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल गर्ने क्रमजारी राखेका छन्

प्रतिक्रिया दिनुहोस्

Array