काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको शपथ बदर गर्न माग गर्दै संघीय संसद् सचिवालयलाई ज्ञापनपत्र बुझाइएको छ ।
मैथिली साहित्य परिषद् सप्तरी, मिलाफ नेपाल र आई लभ मिथिला गरी तीनवटा मिथिला मैथिली क्षेत्रमा काम गर्दै आएको संस्थाले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत संघीय संसद् सचिवालयमा शपथ बदरको माग गर्दे ज्ञापनपत्र बुझाएका हुन् ।
मैथिली साहित्य परिषद्का अध्यक्ष सत्तिशकुमार दत्त, मिलाफ नेपालकी अध्यक्ष रमिला साह र आई लभ मिथिलाका अध्यक्ष विद्यानन्द वेदर्दीले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई बुझाएको ज्ञापनपत्रमा “मैथिली भाषीको भावना उपर गम्भीर ठेस पुगेको यस कार्यलाई संसद् सचिवालयले तुरन्त फिर्ता लियोस् भन्ने माग गर्दै जनमत पार्टीद्वारा लिइएको यस शपथलाई अवैध ठहर गरी उनीहरुलाई पुनः शपथ ग्रहण गराइयोस भनी माग गर्दछौँ” भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्