साई ग्लोबल कप-२०७९ टी-२० क्रिकेट प्रतियोगिता सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ –

रूपन्देही क्रिकेट सङ्घको आयोजनामा बुधबारदेखि ‘साई ग्लोबल कप-२०७९ टी-२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

भैरहवा स्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ । 

रूपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले अन्तरकलेज क्रिकेट प्रतियोगिता गरेर राष्ट्रिय तहमा खेल्ने खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए । विगतमा राष्ट्रिय टोलीमा वर्चस्व राख्ने जिल्लाका खेलाडी अहिले घट्दै आएकाले विभिन्न क्रिकेट प्रतियोगितालाई सङ्घले निरन्तरता दिँदै आएको उनको भनाई थियो । नयाँनयाँ खेलाडीको खोजी र क्रिकेट खेलको विकासका लागि उक्त सङ्घले खुल्ला र संस्थागत खेलहरु आयोजना गर्दै आएको छ । 

यही पुस ६ देखि १६ गतेसम्म आयोजना भएको उक्त प्रतियोगितामा बिजेताले ४० हजार र ट्रफी तथा उपबिजेताले २० हजार ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले पाँच हजार, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही दुई हजार पाँच सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार पुरस्कार पाउने  संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । प्रतियोगितामा अनुशासित एक टोलीलाई समेत पुरस्कृत गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

Array