रूसी आक्रमणपछि पहिलो पटक अमेरिका गए युक्रेनका राष्ट्रपति जेलेनेस्की

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेनेस्की अमेरिकाको भ्रमणमा निस्किएका छन्। रूसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि उनी पहिलोपटक विदेश भ्रमणमा निस्किएका हुन्।

जेलेनेस्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने कार्यक्रम रहेको बिबिसीले जनाएको छ।

- Advertisement -
Ad imageAd image

जेलेनेस्कीले अमेरिकी संसदलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।

‘अमेरिकाको भ्रमणमा युक्रेनको रक्षा संयन्त्रलाई बलियो बनाउने विषयमा छलफल हुनेछ,’ जेलेनेस्कीले ट्वीटरमा लेखेका छन्।

रूसविरूद्ध लड्नका निम्ति युक्रेनलाई अमेरिकाले सबैभन्दा बढी सहयोग गर्दै आएको छ।

अमेरिकाले युक्रेनलाई गत १६ डिसेम्बरसम्म १८ अर्ब ५० करोड डलर सहयोग गरेको छ।

रक्षा क्षेत्रमा प्रतिमहिना ५ अर्ब डलर खर्च भइरहेकाले अझै सहयोग गर्न जेलेनेस्कीले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्दै आएका छन्।

रूस युक्रेन युद्धमा दुबै पक्षका १-१ लाख सैनिक ४० हजार नागरिकको मृत्यु भएको तथ्यांक छ।

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार ७० लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्