काठमाडौं–
नेपाली कांग्रेस बागमती प्रदेशसभाको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको छ । बैठकले कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचनपछि प्रक्रिया सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ । कांग्रेसको केन्द्रमा संसदीय दलको निर्वाचन बुधबार हुने काङ्ग्रेसका प्रवक्ता तिलक रुवालीले जानकारी दिएका छन् ।
‘बागमती प्रदेश संसदीय दलको नेता छनौटका विषयमा छलफलका लागि आज कार्य सम्पादन समितिको बैठक बसेको बताइएको छ । उक्त बैठकले निर्वाचनबाट दलको नेता चयन गर्ने निर्णय गरेको समेत जानकारी दिएका छन् ।
बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि समिति समेत गठन गरिसकेको छ । बागमती प्रदेश समितिका उपसभापति समेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा उक्त समिति गठन भएको हो । समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेका छन् । उक्त समितिले सभापति शेरबहादुर देउवासँगको समन्वयमा संसदीय दलको नेता चयनका लागि निर्वाचन गराउने बताए । बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर सिंह लामाले दाबी गरेका छन ।
कांग्रेसमा बागमती प्रदेशको संसदीय दलको नेता छान्न निर्वाचन हुने

प्रतिक्रिया दिनुहोस्