काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र संसदीय दलको नेतामा सबैले सभापति शेरबहादुर देउवाको पक्षमा एकमत हुनुपर्ने बताएका छन् । कांग्रेस दलको कार्यालय सिंहदरबारमा देउवा र महामन्त्री गगन थापाको मनोनयनपछि पत्रकारसँग बोल्दै प्रवक्ता सिंहले पाँच दलीय गठबन्धनलाई अघि बढाउन देउवाको नेतृत्व आवश्यक रहेको उनले बताए ।
संसद्को रक्षा गर्दै गठबन्धनको नेतृत्व गरेर देउवाले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै प्रवक्ता महतले पुन: गठबन्धनको गतिशीलता र मुलुकको समृद्धिका लागि देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताए ।
उनले आगामी १० गतेसम्म प्रधानमन्त्रीको उम्मेदवार टुंगो लगाउने बताए । महतले अहिले देशलाई जोड्ने नेतृत्व चाहिएकाले देउवा नै दलमा आउने बताए ।
प्रतिक्रिया दिनुहोस्