सबै प्रधानमन्त्री र राष्ट्रपति बन्न लाग्नुभयो, देशकाे अभिभावक बन्ने कोही भएन: विश्वप्रकाश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबै प्रधानमन्त्री र राष्ट्रपतिमात्रै बन्ने तर राष्ट्रकाे अभिभावक काेही पनि बन्न नचाहेकाे बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

- Advertisement -
Ad image

महामन्त्री शर्माले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिको यो देशलाई जति खोजी छ, त्योभन्दा धेरै खोजी देशलाई अभिभावकको छ। सबै प्रधानमन्त्री र राष्ट्रपति बन्न लाग्नुभयो, अभिभावक बन्न कोही लाग्नुभएन।’

उनले नेकपा माओवादी केन्द्रले अहिले सत्ताको आकांक्षामा अर्को गठबन्धनको खोजी गर्ने कर्म गरिरहेको भन्दै जनताको मर्मविरुद्ध जान नहुने बताए।

गठबन्धनले विभिन्न आलोचनाहरूलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकांक्षा र आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर जानुपर्ने उनकाे भनाइ छ।

महामन्त्री शर्माले भने, ‘विभिन्न आलोचनालाई चिरेर गठबन्धनले एउटा परिणाम ल्याएको छ। त्यसैले सत्ताको आकांक्षा र आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर जानुपर्छ। अध्यक्ष प्रचण्डलाई भन्दै गर्दा अहिले चर्चामा आएजस्तो अलग्गै रूपमा उभिनु हुन्छ कि भन्ने चर्चालाई हामी कुनै शंकाको रुपमा लिँदैनौँ। प्रतिगमनको क्षणलाई बिर्सिनु हुँदैन। पूरा ५ वर्ष एउटै प्रधानमन्त्रीले चलाउनु हुन्न हामीलाई थाहा छ। आलोपालोको विकल्प छैन।’

उनले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आम मानिसमा राजनीतिक दलहरूप्रतिको भरोसा सकिने स्पष्ट पारे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्