धनगढीमा गोली चल्दा १ जना घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ  – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गोली चलेको छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका–९ को जुगेडामा आज बिहान तीन बजेतिर दुई राउण्ड गोली चलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले सीमा क्षेत्रमा राति गोली चलेको पुष्टि गरे ।

उनकाअनुसार स्थानीय प्रजापती विष्टको घरमा चोरी गर्ने उद्देश्यले ३÷४ जना अपरिचित व्यक्तिको समूह प्रवेश गरेको थियो । सो क्रममा विष्टले थाहा पाएपछि उनीमाथि हातपात भएको थियो । उनी घाइते छन् ।

उक्त समूह विष्टको घरबाट गएपछि सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको डीएसपी जोशीले बताए । उनले गोली चलाउने व्यक्तिको पहिचान नभएको बताए । गोलीका खोकाहरु फेला परेको उनले बताए । विष्टमाथि भने गोली प्रहार नभएको प्रहरीको भनाइ छ । लछारपछार गर्ने क्रममा उनी घाइते भएको डीएसपी जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array