राजनीतिक कारणबाट आजीवन कारावासको सजाय काटिरहेकालाई छुटाउन अध्यादेश जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–
राजनीतिक कारणबाट आजीवन कारावासको सजाय काटिरहेका काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गरेको छ । उक्त अध्यादेश आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय गरेको जानकारी दिएको छ ।
राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय भएको बताइएको छ ।
यो निर्णयबाट राजनीतिक मुद्दा लागेका र शान्ति प्रक्रियामा आएका तथा आउने क्रममा रहेकालाई सम्बोधन गर्ने उनले बताए । यो निर्णयबाट जेलमा रहेका रेशम चौधरीसहित विप्लव समूहका जेलजीवन बिताइरहेका नेता कार्यकर्तालाई पनि फाइदा पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array